काठमाडौं । राप्रपा नेपालले मुलुकका सात स्थानहरूमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
आज काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समीक्षा पनि गरेको छ । अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल साबित भैसकेको दाबी गर्दै यो त्रुटिपूर्ण मार्गचित्रबाट मुलुकले निकास पाउन नसक्ने तर्क गरे।
कार्यक्रम अनुसार पौष १२ गते काठमाडौँमा, १६ गते जनकपुरमा , पौष १८ गते बुटवलमा पौष २० गते सुर्खेतमा र २२ गते कञ्चनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार दुई स्थानको मिति पछि तय गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया