चिवाभञ्ज्याङ पुगेर सकियो एमालेको ‘समृद्धि संकल्प’ पदयात्रा

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको ‘समृद्धि संकल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ ।

‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरु गरेको पदयात्रा आज समापन भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् ।

भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।

मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न एमाललेले पदयात्रा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?