किर्ते कागजात प्रकरणमा वायुसेवा निगमका थप २ अधिकृत पक्राउ

लोकपथ
371
Shares

काठमाडौं । किर्ते कागजात प्रकरणमा वायुसेवा निगमका थप २ जना अधिकृत पक्राउ परेका छन् ।

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अरविन्द यादव र विश्वनाथ कोइराला रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले लोकपथलाई जानकारी दिए ।

यसअघि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले बताए ।

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्ने क्रममा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका एसपी रेग्मीले बताए ।

यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?