नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

लोकपथ
259
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । रिजालले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार थानीले मंसिर २७ गतेबाटै लागू हुनेगरी राजीनामा दिएका छन् । तर, के कारणले राजीनामा दिएका हुन् भन्नेबारे खुलेको छैन ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?