विराटनगर । नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई खोटाङको हलेसी र भोजपुरबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
हलेसीबाट पक्राउ पर्नेहरूमा पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा खोटाङबाट उदिम राई रहेका छन् भने भोजपुरबाट मिना राई, दिनेश राई , पनन राई , विदुर राई पक्राउ परेका छन् ।
नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमालेको कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया