रौतहट । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका-७ बस्ने ५० वर्षीय बैजु पंडितको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै खेतमा हलो जोत्ने क्रममा ११ हजार भोल्टको विद्युतको करेन्ट प्रवाह भइरहेको तार चुँडिएर खस्न जाँदा पण्डित र उनको एक गोरूको करेन्ट लागेर मृत्यु भएको हो ।
यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया