उदयपुर । दुई नाल भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।बेलका नगरपालिका-४ आनन्दटोल बस्ने ४७ वर्षीया दुर्गा विकलाई भरुवा बन्दुक २ नालसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया