काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज (आइतबार) बस्दै छ ।
कार्यसमितिको बैठक बस्न लागेको भए पनि वरिष्ठ नेता राजेन्द्र महतोले भने बहिष्कार गर्ने भएका छन्। यसअघिको केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर उनले आपत्ति जनाइरहेका छन्।
महन्थ ठाकुर पक्षले तराई–मधेसमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया