२ किलो सुन प्रकरण : एकजना चिनियाँ नागरिक पक्राउ

लोकपथ
483
Shares

काठमाडौं । नागढुंगाबाट बरामद गरिएको २ किलो सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिनियाँ नागरिकको नाम चेन झिउइ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियोबाट २ किलो सुन बरामद गरेको थियो ।

रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना पनि सोही दिन पक्राउ परेका थिए । पक्राउ पर्नेमा ग्याल छिरिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?