फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

लोकपथ
49
Shares

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै आगो लाग्दा एक घर जलेर नष्ट भएको छ । उक्त घटनामा रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ ।

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?