कञ्चनपुर ।सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका-२ माईली बजारमा म.२ प ४६२५ नम्बरको मोटरसाइकल सोही ठाउँमा रोकिराखेको से.१ त ४१५९ नम्बरको ट्याक्टरमा ठोक्किएर बिहीबार दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ उदरी बस्ने २१ वर्षीय अभिषेक रानाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया