कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ

लोकपथ
21
Shares

बाँके । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि  प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?