भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा, टेकनाथले बुझाएनन् धरौटी

लोकपथ
168
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना रिहा भएका छन् ।

उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएका ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका एकजना गरि ६ जना कारागारबाट रिहा भएका हुन् ।

धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी रहेका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

यस्तै धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने थुनामै छन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । तर उनले ‘त्यति धेरै रकम तिर्न सक्ने अवस्था नभएको भन्दै धरौटी नबुझाएपछि कारागारमै रहेका छन् ।

धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?