एनसेल प्रकरण : टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

लोकपथ
56
Shares

काठमाडौं । सरकारले एनसेल प्रकरणमा शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

समितिलाई सो प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?