काठमाडौं । देशको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ जमुवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै पर्साको जिराभवानी गाउँपालिका–१ नटवा टोलस्थित सडकमा बीआर २२ एजे ७७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक भारत बिहार बेतिया बस्ने ४५ वर्षीय रामजीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पताल विरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया