काठमाडौं । आज एनसेलको शेयर खरिदबिक्री चलखेलबारे दुई वटा संसदीय समितिमा छलफल हुने भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र लेखा समितिमा एनसेल प्रकरणबारे छलफल हुन लागेको हो ।
आज केहीबेरमा अर्थ समिति र दिउँसो २ बजे लेखा समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
अर्थ समिति बैठकका नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति एजेण्डा रहेको बताइएको छ ।
त्योबाहेक राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धिको अवस्था सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची रहेको छ ।
एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर ९ वटा सवालको जवाफ मागिसकेको छ ।
मंगलबारमात्रै सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया