सुनचाँदी र स्रोत नखुलेको रकमसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ

लोकपथ
21
Shares

काठमाडौं। अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभुते रहेका छन् ।

उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सोमबार साँझ बनेपा नगरपालिका वडा नम्बर ७ स्थित सुर्यशाक्यको घरमा डेरा गरी बस्ने उनले अवैध रुपमा ठुलो परिमाणमा सुन तथा चाँदी  बिक्रि बितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

जसअनुसार खानतलासीका क्रममा बिल नभएको सुन २३५।९ ग्राम सुन, १९०१।२६ ग्राम चाँदी, स्रोत नखुलेको पाँचलाख छयत्तर हजार एक सय पैतिस रुपैयाँ र भारतीय नगद २२ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उल्लेखित सामान तथा उक्त कार्यमा संलग्न ब्यक्तीलाई पक्राउ गरी थप कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?