काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे छलफल हुनेछ ।
बैठकमा दलका शीर्ष नेताका साथै अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको समाचार प्रकाशितप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया