काठमाडौं । देशका विभिन्न स्थानबाट तीनजना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–२१ जैसीदेबलस्थित जैसीदेबल मन्दिर पेटीमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हो ।
नुवाकोटको बिदुर नगरपालिका–९ रामथोक बस्ने ७० वर्षीय पुतली विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिक नालीमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया