नेपालमा दर्ताका लागि टिकटकले गर्‍यो पत्राचार

लोकपथ
119
Shares

काठमाडौं । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ ।

नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले पत्राचार गरेको हो ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले पत्राचार गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि पत्राचार गरेको उनले बताए । साथै उनले पत्राचार नै गरेपनि सरकारले नै बन्द गरेको टिकटक दर्ता नहुने बताए ।

हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?