काठमाडौंको व्यस्त चोकमा पार्किङ गरेर राखिएको बसमा कसले लगायो आगो ?

काठमाडौं– राजधानीको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै राकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो ।  
आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।  आगो कसले लगायो भन्नेमा खुल्न बाँकी रहेको छ ।
प्रहरीले घटनमा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?