दैलेख केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौँ– दैलेख र आसपासका जिल्लाहरुमा सोमबार राती भूकम्पको धक्का महसुश भएको छ ।  
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। केन्द्रले भूकम्पकेन्द्रबिन्दु दैलेख रहेको बताएको छ ।
भूकम्प ४.१ रिक्टरस्केलको रहेको बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?