काठमाडौं । भारतको चर्चित क्राइम शो सीआईडीका फ्रेडरिक्सको भूमिका निर्वाह गरेका दिनेश फडनीसको गएराति निधन भएको छ ।
फ्रेडरिक्सको गए राति करिब १२ बजे निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनलाई मुम्बईको तुंगा अस्पतालमा भर्ना गरिएको थियो । अभिनेताको निधनपछि हाल बलिउड उद्योग शोकमा डुबेको छ ।
अभिनेताको अन्तिम संस्कार आजै हुने पनि भारतीय सञ्चार माध्यमले जनाएका छन्। अभिनेताको अन्तिम संस्कार बोरिवली पूर्वको दौलत नगर शमशान गृहमा गरिने छ।
लामो समयदेखि चलेको शो ‘सीआईडी’का सम्पूर्ण स्टार कास्ट अहिले उनको निवासमा छन् । उनीहरुले परिवारजनमा समवेदना प्रकट गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया