काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ ।
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअधि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सनुुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
पारिवारिक र सामाजिक सद्भाव विथोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो । पछि विभिन्न राजनीतिक दलका नेताहरुले टिकटकमाथिको प्रतिबन्ध लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना गरेका थिए ।
सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । सरकारको सो निर्णयले नागरिकको संवैधानिक अधिकार हनन गरेको भन्दै अन्य १३ वटा रिटसमेत परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया