स्कूटी ठक्कर दिएर भाग्ने पछुवा भ्यानलाई ५ सय रुपैयाँ फाइन !

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई प्रहरीले कारबाही गरेको छ।

शुक्रबार बानेश्वर चोकमा स्कूटीलाई ठक्कर दिएर सो गाडी  भागेको थियो ।

महानगरीय ट्राफिक महाशाखाको टोलीले गाडी चालक सन्तोष घिमिरेलाई कारबाही गरेको हो। चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ।

लापरवाहीपूर्वक गाडी चलाएकोमा सवारी ऐन अनुसार कारबाही गरिएको महाशाखाका एसपी जयराम सापकोटाले जानकारी दिए। 

स्कुटीलाई ठक्कर दिएर भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो  ।  भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो । बानेश्वर प्रहरी बृत्तका अनुसार दुबै पक्षलाई ‘मौखिक मिलापत्र’ गरी पठाएको थियो । 

भएको के थियो ? 

शनिबार दिउसोको एउटा भिडियोले सबैको ध्यान खिच्यो । अथवा भनौं एक किसिमको सनसनी मच्चियो ।

२४ सेकेन्डको सो भिडियोमा अगाडिपट्टी एउटा सेतो रंगको स्कारपियो गुडिरहेको देखिन्छ ।  भिआइपीको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल अर्थात् ुआर्म्ड पुलिस फोर्सुको गाडी पनि भिडियोमा छ । 

बा १ झ ९५२७ नम्बरको भ्यान ।

अर्को लेनमा एउटा गुडिरहेका स्कुटीे पछाडिबाट लेन चेन्ज गर्दै आएको सशस्त्रको भिआइपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दिन्छ । स्कुटी सडकमा पछारिन्छ । तर प्रहरीको भ्यान उद्धारमा लाग्दैन । भिआइपीको सुरक्षामा नै दौडिन्छ ।

भिडियोमा प्रष्ट रुपमै देखिन्छ, दाँयाबाँया गरि दौडेको सशस्त्रको भिआइपी पछुवा गाडीको गल्ती । 

यो पनि पढ्नुहोस्:

सडक दुर्घटनामा साउनयता मात्र एक सय ६९ जनाको मृत्यु, ६ हजार तीन सय ८१ वटा सडक दुर्घटना !(भिडियो सहित )​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?