पोखरा । पोखराको मित्र मिलन सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध पुर्जी जारी भएको हो ।
सहकारीको रकम अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म रहेका छन् ।
पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक समेत रहेका एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि उनीहरू विरुद्ध पीडितले उजुरी दिएका थिए । सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराले जनाएको छ ।
जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको र आरोपीहरूको खोजी सुरु भैसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया