अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका ५ जना नाइके पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूलाई काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङ्गेटार, बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गा लिखु घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी घर भएका ४४ वर्षीय सेते कार्की, सल्यान कपुरकोट घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट विदुर घर भएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?