काठमाडौं । अवैध रुपमा गिट्टी बालुवा उत्खनन् तथा ओसार पसार गर्ने जेसीबि र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा नं. २ दबिस्थान अरौदी खोलामा अवैध रूपमा गिट्टी बालुवा उत्खनन तथा ओसार पसारमा संलग्न ग. १ क. ६१८७ नं. को जेसिबि र लु.४ त.१४२२ नं. को ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले नियन्त्रणमा लिएको हो ।
थप कारबाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया