अर्गानिक कृषिमा जोड

जापानी नागरिक प्राङ्गारिक मलका प्राविधिक प्रणेता तथा शोधकर्ता हासिमोतो रिकियोद्वारा मध्यपुर ठिमी नगरपालिकामा दुईदिने जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन विषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

एकदिन कृषकहरूलाई र अर्को दिन उपत्यकाका मेयर उपमेयरहरू बुद्धिजीवि र स्थानीयहरूको सहभागिता रहेको थियो ।

८०% कुहिने फोहरलाई व्यवस्थित गरी सोही फोहोरलाई अग्र्यानिक मलमा परिणत गरी आधुनिक तरिकाबाट कृषि खेती गर्न र अग्र्यानिक खेतीद्वारा नेपाललाई अगाडि बढाउन सकिन्छ भन्ने जापानी टेक्नोलोजीको हासिमोतोले चर्चा गरेका थिए । 

 नेपालमा पनि फोहरलाई व्यवस्थापन गर्न, तपाईंहरू सक्रिय हुनु भएमा यो सम्भव छ । उनले थपे, कम्पोष्ट स्कूल बनाउने, तयार भएको जनशक्तिलाई फोहरमैला परिचालन गर्न लगाउने, मल बनिसकेपछि रिसर्च गराउने बारीमा प्रयोग गर्ने, वेर्ना उत्पादन गर्ने आदि कार्य पनि गर्नुपर्दछ । तब मात्र दिगो हुन्छ ।

“नत्र रहरमा ग-यो झाँगर म-यो सकियो” भन्ने कुरा हुन जान्छ । त्यसैले जसरी फोहोर निरन्तर निस्किरहन्छ । त्यसैगरी सकारात्मक सोचका साथ फोहोर व्यवस्थापन र व्यवसायिक अर्गानिकउत्पादनमा जोड दिन हासिमोतोले अनुरोध गरे ।

विभिन्न सहभागी वक्ताहरूले पालैपालो राखेको जिज्ञासालाई जापानी भाषामा हासिमोतोले र त्यसको उल्था गर्दै रिकिसी जापानी कम्पोष्ट टेक्नोलोजीको निर्देशक उषाले नेपाली भाषामा सटिक उत्तर दिएकी थिइन् । कार्यक्रमपछि जापानी पाहुनाहरूलाई ठिमी नगरपालिकाले नेवारी संस्कृति झल्कने नृत्य र खानपिनको व्यवस्था गरेको थियो ।

कार्यक्रममा ठिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की, अर्थविद् प्रा. डा. रामप्रसाद दाहाल, जापानी प्राविधीक टोली विदेशी पाहुनाहरु लगायत गरी एक सय पचहत्तर जनाको सहभागिता रहेको थियो । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?