काठमाडौं । नमस्ते पे मार्फत उडान टिकेट बुक गर्नै यात्रुलाई सुपथ मुल्यमा उडान टिकेट प्रदान गर्नै उद्देश्यले नमस्ते पे ले नयाँ अभियान सुरु गरेको छ । कम्पनीका अनुसार यो अभियान यही मंसिर १५ गते देखि २०८० पुस १४ गतेसम्म चल्ने छ ।
नमस्ते पे मार्फ त उडान टिकट खरिद गर्नै यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै एक सय रुपैंयाँ क्यास व्याक प्राप्त गर्न सक्ने छन् । उडानकर्ताहरुले क्यासब्याकको लाटग योग्य हुन प्रोमो कोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्रति टिकट मान्य छ । जसको अर्थ यात्रुहरुले जति धेरै पटक टिकट खरिद गर्नै छन, उति नैं बढी क्यासब्याक प्राप्त गर्नैछन ।
नमस्ते पे प्रयोगकर्ताहरुले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्ने छन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भुमिका खेल्ने उद्ेश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्ताहरुलाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यो वालेटको उदेश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया