अपाङ्गता भएकाहरुका लागि मोबाइल एप र वेबसाइट

लोकपथ
49
Shares

मुगु । ३२औँ अन्तरराष्ट्रिय अपाङ्गता भएका ब्यक्तिहरुको दिवसको अबसर पारी मुगु जिल्लाका अपाङ्गता भएका ब्यक्तिहरुका लागि मोबाइल एप र वेबसाइट सुरु हुने भएको छ ।

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सीडीएस पार्कं) मुगुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुगुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि मोबाइल एप र वेबसाइट सुरु हुने जानकारी दिइएको हो ।

जिल्लाका सबै स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य सेवा तथा सूचनाको अधिकारमा कमी भएको अपाङ्ग पुनस्थापना तथा ग्रामीण विकास केन्द्र (डार्डो) नेपाल र कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सीडीएस पार्कं) ले गरेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।

त्यही आधारमा अपाङ्गता भएकाहरुको यौन तथा प्रजनन् स्वास्थ्य सेवा तथा सूचनाको अधिकार सुनिश्चित गर्न पहिलो पटक जिल्लामा उनीहरुका लागि मोबाइल एप र वेबसाइट सुरु गर्न थालिएको सीडीएस पार्क मुगुका कार्यक्रम अधिकृत हरिलाल नेपालीले जानकारी दिए ।

कोर ग्रुपको आर्थिक सहयोग तथा सीडीएस पार्क मुगुको सहिजीकरणमा वृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रममार्फत सीडीएस पार्कले सुर्खेतको (वीरेन्द्रनगर अस्पताल र धारापानी आधारभूत सेवा स्वास्थ्य केन्द्र) र मुगु जिल्लाको (जिल्ला अस्पताल र ढुङ्गेधारा स्वास्थ्य चौकी) मा चारवटा अपाङ्गतामैत्री नमूना स्वास्थ्य संस्थाको निर्माण भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?