काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते हुने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म हुने जनाएको छ ।
आयोगले मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुष २४ गतेका लागि तोकेको छ ।
यस्तै मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ ।
त्यसैगरी उम्मेदवारले नाम फिर्ता लिने पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।
यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ ।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया