मध्यरातमा विनाशकारी हुरीले मच्चायो वितण्डा (फोटोफिचर)

काठमाडौं । आइतवार साँझ आएको भिषण हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति पु-याएको छ ।

हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने ७ सयभन्दा बढी घाइते भएको  जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकहरुको पहिचान हुन नसकेको र मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । हुरीका कारण घाइते भएकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । आइतवार झापा पुगेका प्रधानमन्त्री ओली त्यहाँका सबै कार्यक्रम स्थगित गर्दै बारा र पर्सा जान लागेका हुन् ।
तस्वीरमा हेर्नुहोस् विनाशकारी हावाहुरीले मच्चाएको वितण्डा :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?