एक वर्षमा १५ प्रतिशतले बढे ब्रोडब्याण्ड प्रयोगकर्ता

काठमाडौं – एक वर्षमा ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या १५ प्रतिशत वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघको तथ्यांकअनुसार गत वर्षको तुलनामा ब्रोडब्यान्ड प्रयोगकर्ता १४.७५ प्रतिशत वृद्धि भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालमा इन्टरनेटको पहुँच ५८.७७ प्रतिशत जनसंख्यामा पुगेको छ। अर्थात् एक करोड ७२ लाख १५ हजारभन्दा बढी मानिस इन्टरनेटमा जोडिएका छन्।

अघिल्लो आवको माघमा ४४.०२ प्रतिशत ब्रोडब्यान्ड कनेक्सनको पहुँच थियो। त्यसमा दोहोरो अंकको वृद्धि हुँदै ५८.७७ प्रतिशतको वृद्धि भएको उल्लेख छ। ब्रोडब्यान्ड पहुँचको तथ्यांक हेर्दा विगत एक वर्षमा निरन्तर वृद्धि भइरहेको देखिन्छ। चालु आवको माघमा पुसको तुलनामा मात्रै पनि २ प्रतिशतभन्दा बढीको वृद्धि छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?