करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु, तीनजना घाइते

लोकपथ
0
Shares

विराटनगर । करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा इलाममा एकजना युवकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

इलामको सन्दकपुर गाउँपालिका–१ मा रहेको छागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।त्यस क्रममा २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदिप राई र २८ वर्षीय मनोज राई घाइते भएका छन् ।उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यसैबीच, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचिएर स्थानीय २४ वर्षीय विश्वराजा चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?