काठमाडौं । बन्जारा बन्जाडे समाज, नेपालको पाँचौँ केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंको कमलादीमा समाजको साधारण सभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको सभापतित्व समाजकी केन्द्रीय अध्यक्ष गीता बन्जाराले गरेकी थिइन् भने पूर्व महान्यायाधीवक्ता यज्ञमुर्ति बन्जाडेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा विभिन्न समाजका अध्यक्षसहित विभिन्न प्रदेश र जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

वार्षिक साधारण सभामा स्मारिक अंश–२ (बंशावली संशोधन) विमोचन भएको हो । त्यसको साथै उपस्थित वक्ताहरुले आफ्नो बंशावलीका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
वार्षिक साधारण सभामा देशभरबाट आएका बन्जारा बन्जाडेहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया