नगदसहित ५ जना जुवाडे पक्राउ

लोकपथ
0
Shares

कास्की । कास्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको हो ।

लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा उनीहरुलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?