काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यलयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४९औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलय रामशाहपथमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यलयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले तालिम दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया