आन्दोलन नै रोकेर आगामी रणनीति बनाउँदै दुर्गा प्रसाईं

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानले आजको लागि आन्दोलन स्थगित गरेको छ ।

मेडिकल व्यवसायी एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको आन्दोलन आजका लागि स्थगित गरिएको हो ।

गत मंसिर ७ गते बल्खुुबाट हिन्दू राज्य, संवैधानिक राजतन्त्र, लघुवित्त पीडितहरुको न्यायसहित विभिन्न मागहरु राखेर आन्दोलन शुरु गरेका थिए । त्यसपछिका दिनहरुमा निरन्तर आन्दोलन गरिरहे पनि आजको लागि आन्दोलन नै रोकेर आगामी रणनीति बनाउन लागेको प्रसाईंका एक सचिवालय सदस्यले लोकपथलाई जानकारी दिए ।

‘आजका लागि कुनै पनि आन्दोलन रहेको छैन । आगामी रणनीतिहरुबारे छलफल हुने तयारी रहेको छ ।’ उनले भने ।
मंसिर ७ गते बल्खुमा शान्तिपूर्ण आन्दोलन हुने भनिए पनि अन्तिममा प्रहरीसँग मुठभेडको स्थिती सिर्जना भएको थियो ।

त्यसपछि मंसिर ८ गतेका लागि तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरिए पनि अनुमति नलिएको भन्दै प्रहरीले तीनकुनेमा आन्दोलन रोकेको थियो । त्यस्तै मंसिर ९ गते सिफलमा, मंसिर १० गते छिटपुट आन्दोलन भएको थियो । भने मंसिर ११ गते गौशालामा आन्दोलन भएको थियो । त्यसो त हिजो मंगलबार पनि गौशालामा आन्दोलन गर्ने भनिए पनि आन्दोलन हुन सकेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?