कोशीमा योजना कटौती गरिएको भन्दै एमाले र राप्रपाले जनाए विरोध

लोकपथ
84
Shares

काठमाडौं । बजेट प्रतिस्थापन विधेयकमा मनपरी गरिएको भन्दै एमाले र राप्रपाले मंगलबार कोशी प्रदेश सभामा विरोध जनाएका छन्।

आफैंले समर्थन गरेर बनाएका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पालाको बजेट तथा योजना कटौती गरेको भन्दै नेकपा एमाले र राप्रपाले सभामा विरोध जनाएको हुन् ।

मंगलबारको प्रदेश सभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखको आसनमा रहेका इस्राइल मन्सुरीले एमाले उपनेता राम रानालाई बोल्न समय दिएका थिए भने उपनेता रानाले बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

सरकारले प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति एमाले, राप्रपा तथा कांग्रेसकै सांसदहरूले पनि विरोध जनाएका छन्।

अहिले प्रदेश सभामा बजेटमाथि छलफल जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?