नेपाली कांग्रेस बेलकोटगढीको प्रथम नगर सम्मेलन सम्पन्न

लोकपथ
63
Shares

नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

शनिबार बेलकोटगढी नगरपालिकास्थित बागखोरमा प्रथम नगर सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस बेलकोटगढीका सभापति लेखनाथ मुडभरीले जानकारी दिए ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि, संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसी विशेष अतिथि रहेका थिए । नगर सभापति मुडभरीको सभापतित्वमा सम्पन्न भएको नगर सम्मेलनमा जिल्ला प्रतिनिधि नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा तथा क्षेत्रीय प्रतिनिधि गणेशमान तामाङ लगायत जिल्ला सहसचिव यादव नेपाल, नेपाली कांग्रेस बागमति प्रदेशका सदस्य बद्री मुडभरी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नगर सम्मेलनमा बोल्दै अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएको विकृतीलाई हटाउँदै कांग्रेस एकढिक्का भएर अघि बढ्नपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?