नुवाकोट । जिल्लाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र चिम्टेश्वर विकास समितिको अध्यक्षको जिम्मेवारी रामचन्द्र तिमल्सिनाले पाएका छन् ।
शुक्रबार बसेको बेलकोटगढी नगरपालिका कार्यपालिकाको बैठकले बेलकोटगढी नगरपालिका वडा नं २ का वडाध्यक्ष समेत रहेका तिमल्सिनालाई जिम्मेवारी दिएको हो ।
आफूलाई महत्वपूर्ण जिम्मेवारी दिइएकोमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत सम्पूर्ण जनप्रतिनिधि, नगरपालिका कार्यकारी प्रमुख, प्रशासन प्रमुख तथा कर्मचारीहरु सबैमा धन्यवाद व्यक्त गरे ।
ऐतिहासिक तथा धार्मिक, पुरातत्व, पर्यटकीय चिम्टेश्वर क्षेत्रको विकास तथा प्रबर्द्धनको लागि पाएको जिम्मेवारी कुशलतापूूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तिमल्सिनाले लामो समयदेखि चिम्टेश्वरलाई धार्मिक, एतिहासिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल गर्दै आइरहेका छन् ।
चिम्टेश्वरको इतिहासबारे
चिम्टेश्वरसँग सम्बन्धित विभिन्न धार्मिक तथा ऐतिहासिक किस्साहरु रहेको छ ।
पूराणमा लेखिए अनुसार महादेवले समुन्द्र मनथनपछि विष सेवन गरेर त्यसको तलतल तलतल मेटाउन चिम्टेश्वरमा ध्यानमग्न भए । उनी जोगीको भेषमा आएका थिए । महादेव त्रिशुल लिएर आएको भए मान्छेहरु पछि लाग्छन् भनेर उनी जोगीको भेषमा आएर त्यहाँ ध्यानमग्न भएको किंवदन्ती रहेको छ । पूराणमा लेखिए अनुसार महादेवले चिम्टा बिर्सिएर बेत्रागंगा भएका थिए ।
बेत्रागंगामा स्नाग गर्दा चिम्टा बिर्सिएको महसुस गरेको ध्यान दृष्ट्रिले हेर्दा चिम्टा त्यहाँ बिर्सिएको भन्ने पत्ता लागेपछि मन्त्रद्वारा चिम्टा आफ्नो हातमा आएको र बिर्सिएको चिम्टा शिला बनेको भएर त्यहाँको नाम चिम्टेश्वर रहन गएको किंवदन्ती रहेको छ । हरेक शिवरात्रीको दिन त्यहाँ ठूलो मेला लाग्ने गरेको छ । चिम्टेश्वरको धार्मिक मात्र नभएर एतिहासिक महत्व समेत रहेको छ ।
चिम्टेश्वर क्षेत्रमा एउटा महादेवको मन्दिर पनि छ । त्यो स्थानलाई ऐतिहासिकस्थल पनि मानिन्छ । नुवाकोट आक्रमणमा गोर्खालीले लज्जास्पद हार व्यहोरेपछि पृथ्वीनारायण शाहले त्यही चिम्टेश्वर महादेवको शरण परी पूजापाठ र भाकल गरेको र दोस्रो आक्रमण सफल भएको लोकोक्ति पनि सुनिन्छ । पृथ्वीनारायणलाई देउताको वरदान प्राप्त भएपछि आक्रमण सफल भएको कहावत सत्यबाट कोसौँ दूर छ । उनी त्यहाँ बसेकोबारे थप अध्ययनको खाँचो छ । पृथ्वीनारायणले बेलकोटगढी र नुवाकोट आक्रमणका लागि चिम्टेश्वरमा बंकर खनेको लोकोक्ति सुनिन्छ । स्थलगत अवलोकन गर्दा पनि बंकरका अवशेष देखिन्छन् । जयन्त रानाको हत्या यही स्थानमा गरेको समेत इतिहास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया