काठमाडौं । एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरेका छन् ।
उनले प्रधानमन्त्री प्रचण्डलाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनीसमेत दिए ।
उनले भने,‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु । तपाई सच्चिनु भएन भने तपाईको ३२ सिटे पार्टी र तपाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनु भयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो । त्यो तागत युवा विद्यार्थीसँग छ । एमालेसँग छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया