काठमाडौंबाट १६ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ

काठमाडौं । राजधानीको नयाँ बसपार्कबाट प्रहरीले १६ ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर निवासी रमेश बस्नेत र शेरसिंंह रोकाया रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई नियन्त्रण गर्न तथा सामाजिक विकृति, विसंगति र गुण्डागर्दी लगायत अन्य अपराधिक घटनाहरु नियन्त्रण गर्न प्रहरीले आकस्मिक कर्डन एण्ड विशेष सर्च अप्रेशन अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले १६ ग्राम खैरो हिरोइनसहित वस्ती र रोकायालाई पक्राउ गरेको हो । 

यस्तै प्रहरीले वालाजुवाट १ थान खुकुरी, फलामको रड र १ सय ३९ थान डाईजापाम, फेनारगन, नरफिन सहीत मनमैजु बस्ने सन्तोष तामाङ र अभयलाई पक्राउ गरेको छ । 

यस्तै बौद्ध नागेश्‍वरी गल्ली र गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटी बाहुनधाराबाट प्रहरीले घरेलु मदिरा ४ सय लिटर र तयारी घरेलु मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?