युवासंघ र दुर्गा प्रसाईलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

लोकपथ
70
Shares

काठमाडौं । मंसिर ७ गते विभिन्न मागसहित २ समूहले काठमाडौंमा प्रदर्शन गर्ने भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुवै समूहलाई दुईवटा विकल्प दिएको छ ।

प्रशासनले मंसिर ७ गते काठमाडौंमा विशाल सभा आयोजना गर्न लागेका युवा संघ र दुर्गा प्रसाई दुवै समूहलाई दुईवटा विकल्प दिएको हो ।

प्रशासनले उनीहरुलाई एक समूहले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो ।

काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतले दुवै पक्षलाई केही घण्टाको समय दिइएको र आज साँझसम्म निर्णय गर्ने जानकारी दिए ।

उनले भने ‘दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेका छन्, एकै ठाउँमा एकै दिन कार्यक्रम गर्न त सम्भव हुँदैन । त्यसैले हामीले उहाँहरुलाई विकल्प दिएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?