टिकटक प्रतिबन्धसम्बधी रिट हेर्न नभ्याइनेमा

लोकपथ
70
Shares

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

सर्वोच्च अदालतमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा आज (सोमबार) सुनुवाइ नहुने भएको हो ।

टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको बताइएकोे छ ।

यता सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको विरोधमा टिकटकरहरुले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । टिकटकरहरुले विभिन्न नारासहितका प्लेकार्डहरु बोकेर प्रदर्शनमा उत्रीएका छन् ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?