काठमाडौं । सर्वोच्च अदालतमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा आज (सोमबार) सुनुवाइ हुँदै छ ।
टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।
अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
यता सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको विरोधमा टिकटकरहरुले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । टिकटकरहरुले विभिन्न नारासहितका प्लेकार्डहरु बोकेर प्रदर्शनमा उत्रीएका हुन् ।
‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ?… लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया