काठमाडौं । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको ८ अर्ब २५ करोड रकम राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्च गर्ने निर्णय गरेको जानकारी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘चालु आर्थिक वर्ष २०८०–८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने र १ अर्ब ७५ करोड थपेर १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको छ ।’
सरकारले भोलिदेखि सुरु हुने नेपाल सम्वत् ११४४ को उपलक्ष्यमा सरकारी कागजातमा नेपाल सम्वत् उल्लेख गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा पहिले नै घोषणा गरिसकेको भए पनि व्यावहारिक रुपमा कार्यान्वयनको अवस्था नरहेकोले उक्त निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘सरकारी कागजातमा अबदेखि जहाँ विक्रम सम्वत् उल्लेख गर्छौं त्यहाँ नेपाल सम्बत पनि उल्लेख गर्ने छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया