काठमाडौं । नेपाली समाजले चाडपर्व फगत रमाइलोका लागि मात्र नभएर धर्म संस्कृतिको जगेर्ना गर्नलाई पनि मनाउँछ । यसरी चाडपर्वलाई धर्म संस्कृतिसँग जोड्ने नेपाली समाजमा तिहारको पनि छुट्टै सांस्कृतिक महत्त्व छ ।
यद्यपि हाम्रा अधिकांश चाडपर्वहरु धेरथोर प्रकृतिसँग पनि सम्बन्धित छन् । तिहार पनि तिनै चाडमध्ये एक हो । तिहारका हरेक पक्ष कहीँ न कहीँ गएर प्रकृतिसँग ठोक्किने संस्कृतिविद्हरु बताउँछन् ।
कागतिहारदेखि सुरु हुने यो पर्व भाइटीकापछि सकिन्छ । पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई त्यही रात लक्ष्मी, चौथो दिन गोरु (गोवद्र्धन) र पाचौँ दिन दाजुभाइलाई पूजेर जम्मा ५ दिन मनाइन्छ ।
वर्षैपिच्छे काग, कुकुर, गाई, गोरुलगायत जनावरलाई पुज्नु र पुज्दा दुबो, मखमली तथा सयपत्री फूल, अमिलो, ओखरलगायत फलफूलको प्रयोग गर्नुले तिहार धेरथोर प्रकृतिसँग सम्बन्धित भएको हो ।
उनले तिहारलाई संस्कृति र परापूर्वकालदेखि चलिआएको परम्परासँग मात्र नभएर यसमा पालना गरिने नियम र मनाउने तरिकालाई मूल्याङ्कन गर्दै प्रकृतिसँग जोडेका छन् ।
मानव जीवन र प्रकृति एक–अर्कासँग अन्तरसम्बन्धित छ । यो अकाट्य सत्यलाई नै हामीले चाडपर्वमार्फत मनाउँछौँ ।
प्रकृतिका हरेक वस्तुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीलाई जीवन जिउनमा मदत पुर्याइरहेको हुन्छ । र, त्यही वर्षभरि प्रकृतिले पुर्याएको सहयोगलाई ‘धन्यवाद’ भन्न उनीहरुको पूजा आराधना गरिएको हो ।
कागलाई परापूर्वकालदेखि नै हाम्रो समाजले दूतको संज्ञा दिएको छ । फेरि पन्छीहरुमा सबैभन्दा बाठो पनि यसैलाई मानिन्छ । प्रविधिको विकास नभएको समयमा वर्षभरि खबर ओसारपसार गर्ने माध्यम काग नै थियो भनेर धेरै पौराणिक कथाहरुमा हामीले सुन्दै आएका छौँ ।
अहिले पनि हाम्रा हजुरआमा, हजुरबुबा धुरीमा काग कराउनु कुनै नराम्रो खबरको संकेत हो भन्ने विश्वासमा अडिक छन् ।
यसरी आदिम कालदेखि नै कागले हाम्रो मानवजीवन सहज बनाउन ठूलो भूमिका निर्वाह गरेकाले त्यसको सम्मानस्वरुप काग तिहार मनाइएको हो ।
त्यसैगरी दोस्रो दिन मनाइने कुकुर तिहारमा सबैभन्दा इमान्दार प्राणी कुकुरलाई पूजा गर्ने चलन छ । तर यस पटक भने तिथि घटबढका कारण काग र कुकुर तिहार एकै दिनमा परेको छ ।
वर्षभरि हाम्रो धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पुजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर कृतज्ञताज्ञापन गरिन्छ ।
हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ । यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो ।
तेस्रो दिन, गाईलाई पूजा गर्ने चलन छ भने चौथो दिन गोरु तथा गोवद्र्धन पर्वतलाई ।
यी तीनै पक्ष एक–अर्कासँग सम्बन्धित छन् । यसका लागि विश्वकै इतिहासलाई पल्टाएर हेर्न जरुरी छ ।
हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ । मानव सभ्यताको सुरुवात नै कृषि तथा पशुपालनबाट भएको हो ।
संस्कृतिविद् डा. भट्टराई भन्छन् ‘गाईले वर्षभरि दुध दिन्थ्यो । गोरुले खेत जोतेर कृषिमा सहयोग पुर्याउँथ्यो । त्यस्तै द्वापार युगको प्रसङ्गलाई जोड्दा, कृष्ण भगवानले इन्द्रको पूजा गर्नुको सट्टा आफ्ना गाईवस्तुलाई खाना प्रदान गर्ने गोवद्र्धन पर्वतको पूजा आराधना गर्नुपर्छ भनेका कारण हरेक वर्ष गोवद्र्धन पर्वतको पूजा गरिएको हो ।
यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल, तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो ।
पशुपन्छी मात्र नभएर तिहारमा वनस्पतिको पनि उत्तिकै महत्त्व छ ।
यस मौसममा प्रकृतिले मखमली तथा सयपत्री फुलाउँछिन् अनि संस्कृतिले पनि ठ्याक्कै आफूसँग उनीहरुलाई जोड्छ ।
त्यस्तै पूजाआजाका दौरान दुबो, अमिलो, ओखर, फलफूल आदि प्रयोग हुनुले पनि यही संकेत गर्छ । यसरी प्रकृति र संस्कृतिबीच तिहारले सुमधुर सम्बन्ध गाँसिदिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया