अनलाइनबाट मुद्दा दर्ता गर्ने प्रणाली चाँडै लागू हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

लोकपथ
49
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले चाँडै अनलाइन मार्फत मुद्दा दर्ता गर्ने प्रणाली व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनलाइन मार्फत मुद्दा दर्ता गर्न सकियो भयो भने कानून व्यवसायी अदालत र कर्मचारीलाई पनि सहयोग भई राम्रै गति दिने विश्वास लिएको बताए ।

उनले भने, ‘अनलाइन मार्फत मुद्दा दर्ता गर्ने प्रणालीबारे अध्ययन गर्दैछौं । अब करिब करिब टुङिगन लागेको छ । यी कुराहरु हामो आन्तरिक स्रोतले मात्र भ्याउँदो रहेनछ ।

थप बाह्य स्रोत आवश्यक पर्ने रहेछ । अनलाइन मार्फत मुद्दा दर्ता गर्न सकियो भयो भने कानून व्यवसायी मात्र होइन अदालत र कर्मचारीलाई पनि सहयोग हुनेछ   ।

उनले छोटो समयमा आफूले न्यायाधीश नियुक्त गरेर न्यायप्रतिको आस्था बढाउने काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?